अपडेट 
२०७८ बैशाख १, बुधबार १२:३३

पर्साको वीरगञ्जबाट एकजना हुण्डी कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ ।

छप्कैया घर भएका श्रीभगवान प्रसाद कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले बताए । बीरगञ्ज महानगरपालिका–६ स्थित बाबा होटल नजिकबाट प्रहरीले उनलाई पक्रेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनको साथबाट ८ लाख स्रोत नखुलेको रकम बरामद गरेको छ । साइकलमा सवार कलवारले प्लाष्टिकको झोलामा लुकाएर सो रकम बोकेका थिए ।बीरगञ्ज महानगरपालिका–३ छप्कैया घर भएका ४८ वर्षीय कलवारविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–०७३ विपरीतको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

Comment


Related News