अपडेट 
२०७८ बैशाख २, बिहीबार ०६:०१

वीरगञ्ज । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमित दैनिक एक लाख भन्दा बढी कोरोना भाइरसबाट प्रभावितहरुको संख्या बढिरहेपनि आइसोलेशन अस्पतालको फेरी पर्सा जिल्लामा अभाव भएकोछ । पछिल्लो पटक वीरगञ्ज नर्सिग कलेजका २२ जना छात्राहरु कोरोना पोजेटिव देखिएका छन् ।

उनीहरु अभ्यासका लागि अस्पताल जाने गरेका थिए । एउटै छात्रावासमा बस्ने छात्राहरुलाई कोरोना पोजेटिव देखिएकोछ । वीरगंजमा रहेको नर्सिङ क्याम्पसका विद्यार्थीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनयता वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा नर्सिङ क्याम्पसका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रमाणपत्र तह नर्सिङ दोस्रो वर्षमा अध्ययनरत छात्राहरु र केही कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणको हटस्पट क्याम्पस बनेपछि विद्यार्थीहरुमा त्रास फैलिएको छ । नारायणी अस्पतालका कोभिड–१९का संयोजक डा. सरोज रोशन दासका अनुसार मंगलबारसम्म नर्सिङ कलेजका २२ जना छात्रालाइकोरोना पुष्टि भइसकेको छ । ‘सुरुमा १ छात्रा, त्यसपछि १५ र ६ जना गरी मंगलबार सम्म २२ छात्रामा कोरोना पुष्टि भइसकेको छ,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । संक्रमितको संख्या अझै बढन सक्ने दासको कथन छ । डा. दासका अनुसार, जिल्लामा आइतबारदेखि मंगलबारसम्म तीन दिनमा मात्रै ९६ जना कोरोना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको नतिजाअनुसार, आइतबार ६० जनाको स्वाब परीक्षण गर्दा २८ जना, सोमबार ९५ जनाको स्वाब परीक्षण गर्दा ४० जना र मंगलबार ७९ जनाको स्वाब परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको थियो । यसबाहेक यहाँस्थित नेपाल–भारत सीमामा गरिएको परीक्षणबाट बुधबारसम्ममा गरी १० जना कोरोना संक्रमित फेला परिसकेका छन् । पछिलो २४ घण्टामा वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।गत पुस १२ गते पछि प्रदेश नम्बर २ मा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको थिएन । मंगलवार बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ छाता पिपराका ३७ वर्षीय पुरुष र वीरगंज महानगरपालिका वडा नम्बर ३ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको हो । त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु भएको नारायण अस्पतालले जनाएको छ ।

Comment


Related News