अपडेट 
२०७८ बैशाख २, बिहीबार ०६:१८

जनकपुरधाम । रमजानको पाक(पवित्र) महिना रमजान बुधबारदेखि शुरू भएको छ । बुधबार इस्लाम समुदायका महिला, पुरुष, युवा, युवतीहरु दिनभर उपवास बसेर पहिलो दिनको रोजा गरेका छन् ।

प्रत्येक वर्ष चन्द्रमा देखापरेको भोलीपल्टदेखि पाकपवित्र) महिना शुरू हुने गरेको छ । यसपाली नयाँ वर्षको दिनदेखि नै रमजान पर्व सुरु भएको हो । कतिपय स्थानका मुस्लिमहरुले मंगलबार राति चन्द्रमा नदेखेका कारण बिहीबार मात्र रोजा सुरुवात गर्ने भएका छन् । नेपालका कतिपय ठाउँमा बुधाबारदेखि नै रोजा शुरु भईसकेको छ । जनकपुर वरिपरि लोहना, बहुअर्वा, बरमझिया लगायतका मुस्लिमहरुले बिहीबारदेखि मात्रै रोजा बस्ने भएका छन् । मंगलबार साँझ चन्द्रमा नदेखिएकोले बुधबारदेखि रोजा नबसेको शहरहरुमा खानकाहे बरकातका मौलाना अजÞहरी मिया उर्पm जियाउल मुस्तफा बरकातीले बताए । भारतका बिहार राज्यका कतिपय ठाउँहरुमा रमजानको रोजा बिहीबारदेखि शुरु हुने बताइएको छ । यस महिना भरि रोजेदार( उपवास बस्ने व्रतालु) हरूले रोजा बस्दा मन शुद्धिकरण गर्न पनि जरूरी रहेको छ । रमजान महिना इस्लामिक क्यालेण्डरका अनुसार रमजानको नवौं महिनामा शुरू हुन्छ । यो बरकतको महिना मानिन्छ । यस महिना भरि रातमा २० रकात तराबी रोजा राख्नेहरुले पढने गर्छन् । महिना भर अल्लाहको पूजा गरिन्छ । गल्फ समाचार एजेन्सीहरुका अनुसार सोमबार, अप्रिल १२ मा साउदी अरेबियामा चन्द्रमा नदेखिएकोले अब पहिलो रोजा त्याहाँ अप्रिल १३ मंगलबारबाट सुरु भएको थियो । उपवासलाई अरबीमा “सौम“ भनिन्छ, त्यसैले यो महिनालाई अरबीमा माहे–ए–सियाम पनि भनिन्छ । फारसीमा उपवासलाई रोजा भनिन्छ । बिहान ३ बजे रोजा सुरु हुनुभन्दा पहिले खाने कुरा ग्रहण गर्नेलाई सेहरी भनिन्छ । दिनको समयमा न त केही खाइन्छ न केही पिईनछ । रोजा सूर्यास्त पछि साँझमा खोलिन्छ, जसलाई इफ्तार भनिन्छ ।

रमजान एक महिना भर राखिन्छ । चाँद हेरे पछि तयसको भोलि पल्ट ईदको नमाज अदा गरिन्छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखि पहिलो रोजा बसेर रमजान सुरु गरेका छन् । रमजान महिनामा एक महिनासम्म अनिवार्य रुपले रोजा अर्थात ब्रत बसेर पवित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्ने चलन रहेको मुश्लिम अगुवा हासिम अन्सारी बताउँछन् । रमजान महिनामा बालबालिका, बृद्ध, सुत्केरी र बिरामीलाई रोजा अनिवार्य छैन् । अन्य हरेक मुश्लिम समुदायका सदस्यले रोजा बस्नै पर्ने प्रचलन रहेको स्थानिय मुश्लिम अगुवा फैयाज अन्सारी बताउछन् । साँझ सूर्य अस्ताएपछि सो ब्रत तोड्ने अर्थात इफतयार गर्ने र रमजानका अवसरमा नवाज पढ् नुका साथै गरिब गुरुवालाई आफ् ना सम्पत्तिको केही हिस्सा दान गर्ने परम्परा रहेको राजविराज नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मो. अख्तरबाबाको भनाई छ । यद्दपी गत वर्ष झैं यसपल्ट पनि कोरोनाको जोखिम कायमै रहेकाले सामूहिक नवाजका क्रममा मस्जिदहरुमा सहभागि हुनेको संख्या निकै घटेको उनको भनाई छ ।

Comment


Related News