अपडेट 
२०७८ बैशाख २, बिहीबार ०६:२१

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संस्कृति, सभ्यताको रक्षा र सामाजिक रूपान्तरणको अभियानलाई गतिशील बनाउनुपर्ने खाँचो औल्याएका छन् ।

लोकपर्व जुडशीतलका अवसरमा जनकपुरधाम उपमaहानगरपालिका वार्ड नं १७ मा सरस्वती क्रिक्रेट टीम र कनकपट्टी युवा क्लबद्वारा तेतरियामा बुधबारदेखि आयोजित क्रिकेट प्रतियागिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले विकृतिजन्य गतिविधिको अन्त्य गर्नेतर्फ सबैको अग्रसरता आवश्यक रहेको बताए । अन्योल र अराजक स्थितिलाई परास्त गर्नु आजको आवश्यकता भएको चर्चा गर्दै उनले उत्साह, उमङ्ग, प्रगतिका बाधकहरूलाई निरूत्साहित गरी जीवनलाई सार्थक बनाउन क्रियाशील हुनु पर्ने धारणा राखे । प्रदेशसभा सदस्य रामअशिष यादवले माटो र पानीबिना मानवको परिकल्पना गर्न नसकिने भएकाले प्रकृतिसँग सम्बन्धित पर्वलाई जीवन्त राख्नु् अपरिहार्य भइसकेको धारणा राखेका थिए । नीति, योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा भोगेन्द्र झाले नकारात्मक र असुर प्रवृतिलाई परास्त गर्दे प्राकृतिक सम्पदाको रक्षा गर्नु जरूरी रहेको बताए ।

मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले सामाजिक, आर्थिक रूपान्तरण, प्रादेशिक अधिकारको कार्यान्वयनका बाधक तत्वलाई हटाउने कार्यमा ऐक्यबद्धता आवश्यक रहेको बताए । सो अवसरमा मुख्यमन्त्री राउतले ज्येष्ठ नागरिक डा सोनफी यादव, जयशंकर महतो, जगदेव यादव, रामविलास साह, असर्फी साह, विन्देश्वर यादव, गङ्गा मण्डल, मुस्लिम राइन, सोनफी साह, विष्णु यादव र योगेन्द्र साहलाई सम्मान गरेका थिए । वडाध्यक्ष परमेश्वर यादवको सभापतित्वमा भएको सो समारोहमा मुख्यमन्त्री राउतलगायत ज्येष्ठ नागरिकद्वारा सहभागीहरूलाई माटो टीका लगाई शीरमा जल अर्पण गरी आशीर्वाद दिएका थिए ।

Comment


Related News