अपडेट 
२०७८ बैशाख २, बिहीबार ०६:३३

म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी एक दम्पत्तीको मृत्यु भएको छ ।

बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमको गोली लागेर मृत्यु भएको हो ।सेनाले चलाएको गोलीबाट गौतम दम्पतीसहित तीन जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते छन् । १६ जनालाई सेनाले पक्राउ गरेको छ । म्यान्मारको जगाईं प्रान्तमा पर्ने सानो सहर टमुमा करिब चार हजार नेपालीको बसोबास छ।

Comment


Related News