![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/ram-janaki-temple.jpg)
तराई मधेशमा मनाइने जुडशीतल पर्वका अवसरमा प्रदेश २ को सरकारले आज सार्वजनिक विदा दिएको छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले आज बिहान एक सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक विदा दिइएको जानकारी दिएका हुन् । जुडशीतल पर्वका अवसरमा शुभकामना दिदै आज एक दिन सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको उनले जारी गरेको सूचनामा जनाइएको छ ।
![](https://i0.wp.com/ejanakpurtoday.com/wp-content/uploads/2021/04/pradesh-2.jpg?resize=591%2C854&ssl=1)