२०७८ बैशाख २, बिहीबार ११:४२

वीरगञ्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

वीरगञ्ज-२ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको हो । विहीबार बिहान ८ः१६ बजे आइसोलेसन वार्डको आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । ‘श्वासप्रश्वासमा समस्या थियो, अक्सिजन लेभल मेन्टेन भइरहेको थिएन,’ उनले भने, ‘सकेको कोसिस गरेका हौं, तर स्वास्थ्यमा सुधार आउन सकेन, बचाउन सकिएन ।’
मोटोपन बढी रहेको उनमा ज्वरो आउनेे, पखाला चल्ने लगायतका लक्षण देखिएको थियो । स्वास्थ्य समस्या बढेपछि ०७६ चैत २९ गते बेलुका ८ बजेतिर उनलाई नारायणी अस्पतालामा भर्ना गरिएको थियो । सोही दिन गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

अस्पतालमा उपचाररत ७ जना संक्रमितको अवस्था भने सुधारोन्मुख रहेको नारायणी अस्पतालले जनाएको छ।

Comment


Related News

Latest News

Trending News