अपडेट 
२०७८ बैशाख २, बिहीबार १६:०९

नेपालगञ्ज उपमहानगरपालिकामा यही शुक्रवारदेखि एक हप्ताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीवार बसेको बैठकले एक हप्ताका लागि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो । नेपालगञ्जमा काेभिड–१० सङ्क्रमण तीव्र गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । यसैबीच उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।  यस्तै बैठकले भारतबाट आउनेहरूको सीमा नाकामा स्वास्थ्य तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ । साथै माक्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय गरेकाे छ ।   माक्स नलगाइ कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक हप्ताका लागि बन्द गर्ने निर्णय पनि बैठकले गरेकाे छ । घरबाहिर माक्स नलगाइ हिँड्नेलाई कारबाही गर्न बैठकले माग गरेको छ ।  

Comment


Related News

Latest News

Trending News