अपडेट 
२०७८ बैशाख २, बिहीबार १६:१७

पर्साको वीरगञ्जस्थित शंकराचार्य गेटबाट प्रहरीले १४ वर्षीय बालकलाई गाँजा सहित पक्राउ गरेको छ ।

बिहिबार विहान कम्मरमा गाँजा बाँधेर वीरगञ्जबाट भारततर्फ जाँदै गरेको अवस्थामा बालकलाई पक्राउ गरिएको पर्साका एसपी बेलबहादुर पाण्डेले बताए । प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले उनको साथबाट २ केजी गाँजा बरामद गरेको छ । बालकले अरुको गाँजा भारत पुर्याउन लागेको बयान दिएका छन् । उनलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारवाही गरिने एसपी पाण्डेले बताए । बाराको जितपुर सिमरा उप महानगरपालिका–३ घर भएका बालक टेम्पोबाट ओर्लेर नेपाल–भारत सिमानाको मितेरी पुल हुँदै रक्सौलतर्फ गाँजा बोकेर जाँदै थिए । 

Comment


Related News