अपडेट 
२०७८ बैशाख २, बिहीबार १७:००

स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा नजान आग्रह गरेको छ । 

मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको हो । यस्तै मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ ।  यस्तै मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागि नभइदिन अनुरोध गरेको छ ।  मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई  प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । कोरोना संक्रमण दर तीव्रगतिमा बढेपनि मन्त्रालयले सम्पूर्ण अस्पतालहरुलाई फिवर क्लिनिक सञ्चालन र कोरोना परीक्षणका लागि नमूना संकलन गर्न निर्देशन समेत दिएको छ ।

Comment


Related News

Latest News

Trending News