अपडेट 
२०७८ बैशाख ३, शुक्रबार ०७:४७

प्रदेश सरकारको लापर्वाहीको कारण मिथिलाको जुडशितल र थारुको सिरुवा पर्वको विदा आकस्मिक (इमर्जेन्सी)मा घोषणा हुँदा सरकारी कार्यालय, बैंक तथा वितिय संस्थाहरुमा समस्या उत्पन्न भयो ।

हरेक वर्ष जुडशितलको सार्वजनिक विदा प्रदेश सरकारले दिदै आएको थियो ।तर यस वर्ष प्रदेश सरकार जुडशितलको विदाबारे मौन थियो ।सरकारले विदाबारे धारणा सार्वजनिक नगर्दा विहिवार समयमै सरकारी कार्यालय, पालिका, बैंक तथा वितिय संस्थानहरु सञ्चालन भएको थियो ।कार्यालय सञ्चालन भएको आधी घण्टामा प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सार्वजनिक विदा भएको सुचना समाजिक सञ्जाल मार्फत जारी गरे । अन्यौलबीच खुलेका सरकारी कार्यालय, बैंक तथा वितिय संस्थाहरु साढे ११ बजे बन्द भएका थिए ।सेवाग्राही र कर्मचारी दुवैले न काम गर्न पाए न विदा मनाउन पाए । ‘अ’ज्ञान मन्त्रीको कारण प्रदेशमा जुडशितलको आकस्मिक विदा घोषणा भयो ।हरेक वर्ष वैशाख २ गते मिथिला क्षेत्रमा जुडशितल, थारुहरुको सिरुवा मनाइने गरिन्छ ।तर विदाबारे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना सार्वजनिक नगर्दा प्रदेशभरि अन्यौल थियो । आन्तरिक मामिला मन्त्रालयले हरेक वर्ष प्रकाशन गर्ने क्यालेण्डर समेत हाल सम्म निस्केको छैन् ।

मुख्यमन्त्रीको कार्यालय लगायत प्रदेश सरकारका मन्त्रालय र निकायहरुमा क्यालेण्डर नपुग्दा विदाबारे अन्यौल भएकोछ । चैत महिनामै प्रकाशन गर्नुपर्ने प्रदेश सरकारको क्यालेण्डर कमिसनको कारण वैशाख महिनामा समेत प्रकाशन हुन सकेको छैन् ।क्यालेण्डर मुद्रणमा व्यापक आर्थिक चलखेल रहेको स्रोतको दावी छ ।संघीय सरकारको वार्षिक क्यालेण्डर सुचना विभागले प्रकाशनगर्दै आएकोछ ।प्रदेश सरकारको क्यालेण्डर भने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशनगर्दै आएकोछ । प्रदेशमा जुडशितलको सार्वजनिक विदा रहेको सुचना जारी गर्न मुख्यमन्त्री लालबाबु राउतले बुधवार नै आन्तरिक मामिला मन्त्रिलाई निर्देशन दिएका थिए ।तर विहिवार बिहान सवा १० बजेपछि मात्र विदा रहेको ुचना समाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । ‘प्रदेशमा जुडशितल, सिरुवा पर्वको सार्वजनिक विदा रहेको सुचना जारी गर्न निर्देशन दिएको थिए’मुख्यमन्त्री राउतले भने, केहि कठिनाइले होला, समयमै सुचना सम्प्रेषण हुन सकेन् ।‘सुचना जारी गर्न ढिला भएकै हो’ उनले भने, यसमा सम्बन्धित मन्त्रालयले जवाफदेहि लिनुपर्ने हो । कुनै विशेष परिस्थिति भएर आकस्मिक रुपमा विदा दिनु पर्ने देखिएपनि यथार्थमा जुडशिलत , सिरुवा पर्वको विदा क्यालेण्डरमा नै प्रकाशन भए बमोजिमको हो ।

राष्ट्रिय वाणिज्य बैंक जनकपुर शाखाका कर्मचारीहरुले आक्रोश पोख्दै भने, प्रदेश सरकारको हावादारी कृयाकलापले कर्मचारी र सेवाग्राहीले अनावश्यक दुख पाए ।‘समयमै क्यालेण्डर प्रकाशन गरेपनि कमिसन त पाइहालिन्छ नी’ एकजना कर्मचारीले भने, नयाँ वर्ष सुरु भइसक्दापनि क्यालेण्डर प्रकाशन गर्न नसक्नु सरकारको असक्षमता हो । बैंक, वितिय संस्था लगायत वार्षिक क्यालेण्डर प्रकाशन गर्ने निकायहरुको क्यालेण्डर उपलब्ध भइसकेको छ ।तर प्रदेश सरकारले क्यालेण्डरमा उल्लेख रहेको विदाबारे जेठ महिनामा मात्र थाहा पाइने भएकोछ ।

Comment


Related News