अपडेट 
२०७८ बैशाख ३, शुक्रबार १७:१३

नेपालमा शुक्रबार थप ९ सय जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ५ सय ३७ पिसिआर परिक्षणका क्रममा ८३६ जना र ६२१ एन्टीजेन परिक्षणका क्रममा ६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ८९० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार ७० जनाको मृत्यु भएको छ । त्यस्तै थप २०८ संक्रमित निको हुदा हालसम्म दुई लाख ७४ हजार ८१२ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ८ जना आइशोलेशन र ७७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २३ लाख ३५ हजार ८४ वटा पिसिआर परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News