अपडेट 
२०७८ बैशाख ४, शनिबार ०७:२०

विश्वभरमा ११ करोड ९३ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा सम्ममा ११ करोड ९३ लाख २१ हजार आठ सय २४ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १४ करोड पाँच लाख दुई हजार आठ सय आठ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ३० लाख ११ हजार चार सय ७२ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ८१ लाख ६९ हजारभन्दाबढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड २३ लाख पाँच हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ४९ लाख ३३ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ७९ हजार नौ सय ३९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म एक करोड ४५ लाख २१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड २६ लाख ६६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ७५ हजार ६ सय ७३ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ८२ हजार दुई ९० जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७४ हजार आठ सय १२ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार ७० जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News