अपडेट 
२०७८ बैशाख ४, शनिबार ०७:४८

मुख्यमन्त्री लालबाबु राउतले कोरोना कोरोना रोकथाम तथा नियन्त्रणकालागि स्वास्थ्य मापदण्ड पालन गराउन निर्देशन दिएका छन् ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितीको बैठकमा मुख्यमन्त्री राउतले स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन निर्देशन दिएको हो । शुक्रबार बसेको बैठकमा प्रदेशका सबै जिल्लाहरुमा स्वास्थ्य मापदण्ड पालना गर्न जनचेतना फैलाउने, माकस, सेन्टिराइजर, प्रयोग गर्ने तथा भौतिकदुरी कायम गराउन राउतले निर्देशन दिएको हो । पीसीआर परिक्षण, विरामीहरुलाई उपचारकोलागी आवश्यक पर्ने थप जनशक्तिको विवरण जिल्ला सकट व्यवस्थापन समिती बाट निणर्य गराई अविलम्ब पेश गर्ने मुख्यमन्त्रीराउतले निर्देशन दिएको हो । स्थानीय तहमा कम्तिमा एक वटा आइसुलेसन सेन्टर बनाउन र प्रदेश स्तरिय कोरोना अस्पताल निमार्ण गर्न तुरन्त प्रकृया थालनी गर्ने बैठकबाट निणर्य गरियो गरिएको छ । कोरोना संक्रमितको संख्या बढन थालेपछि प्रदेशको ८ वटै जिल्लमा सजगता अपनाउनुको साथै कडाइका साथ स्वास्थ्य मापदण्ड पालन गराउन प्रदेश सरकार जिल्ला स्तरका स्वासथ्यकर्मी तथा चिकित्सकलाई आग्रह समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News