अपडेट 
२०७८ बैशाख ४, शनिबार ०७:५७

जनकपुरधाम । धनुषा जिल्लाको हांसपुर नगरपालिका रमनगरामा पति वितेको १० मिनेट नवित्दै पत्निको निधन भएको छ ।

नगरपालिकाको वडा ८ रमनगरामा दरवारी मण्डलको ७६ बर्षको उमेर शुक्रवार विहानै निधिन भएको १० मिनेट नवित्दै उनको पत्नि ७१ बर्षिय मलेछिया देवी मण्डलको निधन भएको हो । मण्डल रमनगराका अतिनै प्रतिष्ठित व्यक्ति भएका कारण उनको निधनले सम्पूर्ण गाउँवासि शोकमा रहेकै बेला उनको पत्निको निधनले सम्पूर्ण गाउँबासीलाई शोकमय बनाएको छ । गाउँलेहरु दुवै जनाको प्रेम र सद्भावकै कारण यस्तो संयोगपूर्ण बैकुण्ठ बास भएको बताएका छन् । पति र पत्निको यस्तो निधनले एका तिर सम्पूर्ण गाउँबासी शोकमा छन् भने अर्का तिर दुवै जनाको एक्कै साथको निधनले आश्चर्यमा समेत छन् । गाउँलेहरुले यसैलाईनै एक अर्का प्रतिको सम्पर्णको संज्ञा समेत दिएका छन् । हाँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले उनका नधन प्रति हार्दिक सम्वेदना प्रगट गर्दै शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति माता जानकीले प्रदान गरुण भनि सम्वेदन समेत प्रगट गरेका छन् । उनी विहानै देखि मण्डल दम्पतिको निधनको समय स्थानीय संग त्यहि उपस्थित थिए र शोकमा रहेका परिवारको साथ आफ्नो रहेको समेत बताएका छन् ।

Comment


Related News