अपडेट 
२०७८ बैशाख ४, शनिबार ०८:०९

ब्लेकमेलीङ्गका कारण शोषण सहदै आएकि एक दलित महिलाले शोषणको विरोध जनाउदा घरबाट नै विस्थापीत हुनु परेको छ ।

जिल्लाको हंसपुर नगरपालिका वार्ड नं ९ रुदौली निवासी फुलो देवी महराले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै न्यायको लागि आग्रह गरेकि छिन ।दुइ सन्तानकि आमा समेत रहेकि महरा करिव अढाइ वर्ष पहिले नुहाइरहेको अवस्थामा आफनै छिमेकी अमीत मण्डलले नग्न तस्वीर तथा भिडीयो मोवाईलमा खिचेर तस्विर र भिडीयो फेसवुकमा राखेर भाइरल गरिदिने डर र त्रास देखाएर आफुलाई विगत अढाई वर्ष देखि शारीरिक तथा आर्थिक शोषण गर्दै आएको आरोप लगाईन । आफना श्रीमान इन्द्रेश महरा वैदेशिक रोजगारको क्रममा सउदिमा कार्यरत रहेको मौकामा आफुलाई डर र त्रास देखाएर शारि रिक शोषण तथा ४ लाख रकम पनि विभिन्न समयमा लिएको वताइन । तीन महिना पहिले आफना श्रीमान विदेशबाट घर फर्किसकेको अवस्थामा पनि जवर जस्ती फोन गर्ने तथा शोषणका लागि दवाव दिदै आएकोमा मण्डलले चैत २८ गते शनिवार सोहि गाउको नाथ पोखरीको दक्षीण डिलमा बोलाएकोमा त्याहा आफुले विवाह गर्न दवाव दिदा उनले विवाह नगर्ने तथा मेरो कुरा नमाने तिम्रो जिवन नर्कमय वनाईदिने भन्दै पुनः करणीको प्रयास गर्न लाग्दा रिसमा आफुले छुरा प्रहार गर्दा मण्डलको घाटीमा केहि काटिएको वताईन ।

मण्डलले सोहि निहुमा आफु अनुकुलको व्यक्तिहरुलाई बोलाएर आफनो घर पनि भत्काईदिएको र आफनो शक्तिको प्रर्दशन गर्दै परिवार सहित गाउ निकाला समेत गरेकोले न्यायका लागि पहल गरिदिन आग्रह समेत गरेकि छिन ।उनले अमीत मण्डलका पिता प्रदिप मण्डलले आफुलाई फोन गरेर आफनो छोरासंग फसेको कुरा सवैलाई बताइदिने धम्की दिएर अमीत मण्डलले शारिरीक शोषण गर्ने तथा उनका पिता प्रदिप मण्डलले पटक पटक आर्थिक रकम ठग्दै आएको वताइन । पत्रकार सम्मेलनमा श्रीमती संगै उपस्थित भएका इन्द्रेश महराले आफु गरिव र कमजोर भएकै कारण गाउमै वदमास कहलिएका मण्डलले आफना शक्ति देखाउदै आफना दुइ छोरा सहित सम्पुर्ण परिवार घरवार विहिन वनाएको र अहिले गाउबाट विस्थापित हुनु परेकोले वाध्यभएर संचारमाध्यमसंग माग्नु परेको वताए ।शुक्रवार नै हुलाक माध्यमबाट जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएको वताउदै उनले आफु दलित र कमजोर भएकै कारण न्यायको पहुचमा पुग्न नसकेकोले सवैलाई सहयोग गर्न आग्रह गरे ।

नग्न तस्विरको आडमा डर र त्रास देखाएर पटक पटक जवरजस्ती करणी गरेको तथा उनको पिताले सोको आडमा अमित मण्डलको वुवाले पटक पटक गरि श्रीमानले पठाएको रकमबाट ४ लाख लिएको हुदा दुवैलाई हदै सम्मको सजायका साथै लिएको पैसा समेत फिर्ताका लागि पिडीत महिला महराले माग गरेकि छिन ।

Comment


Related News