अपडेट 
२०७८ बैशाख ४, शनिबार १६:४६

बितेको २४ घण्टामा देशभर ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ  ।

पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । यस्तै मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।  पछिल्लो घण्टामा ६ हजार ४ जनामा कोरोना परीक्षण भएको थियो । 

Comment


Related News

Latest News

Trending News