अपडेट 
२०७८ बैशाख ५, आईतवार ०७:२१

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले जयनगर– जनकपुरधाम (कुर्था) रेल छिट्टै सञ्चालनमा ल्याउने वाचा गरेका छन् ।

उनले नयाँ वर्ष सुरु भएको र बैशाख महिनाभित्रै रेल सञ्चालनगरि जनतालाई उपहार दिने योजना रहेको बताए । रेल लिक र स्टेशनहरुको निरीक्षणगरि लक्ष्मीनियाँ स्थित बाबाको ढावामा शनिवार गरेको पत्रकार सम्मनेलनमा मन्त्री नेम्वाङले भने, ‘रेल चल्ने मिति ठ्याक्कै भन्न सक्दिनँ । तर यही महिनाभित्रै चलाउने सोचका साथ काम भइरहेको छ । धेरै कर्मचारी जनकपुरधाम आइपुगेका छन् । उनीहरु लजमा बसेका छन् । दुई÷चार दिनपछि कर्मचारीको तालिम सुरु हुन्छ ।’ रेल सञ्चालनका लागि आवश्यक कर्मचारी भर्नाका लागि सूचना निकाल्दा लोकसेवा आयोगले रोक लगाएको र कोरोना भाइरसका कारण रेल सञ्चालनमा ढिलाइ भएको उनको भनाई थियो । ‘नेपाल–भारत दुवैतर्फ रेल चल्ने भएकाले भारतसँग पनि सम्झौतागर्नुपर्ने हुन्छ’ उनले भने, त्यो पनि गरिसकिएकोछ । उनले भने, ‘जुन ढंगले योजना बनाएको छौं । त्यो हिसाबले काम गर्न भोलीदेखि नै महानिर्देशक गुरु भट्टराई जनकपुरमै बस्छन् ।’ महानिर्देशक भट्टराई जनकपुरधाम आइपुगेका हुन् । अहिले भारत विहारको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म रेल सञ्चालनका लागि लिक र ठाउँ ठाउँमा स्टेशनहरु पनि निर्माण भइसकेको छ । कुर्थादेखि बर्दिबाससम्म लिक निर्माणको कार्य जारी छ । मन्त्री नेम्वाङले बर्दिबाससम्म तत्काल सञ्चालनमा नआएपनिजयनगरसम्म रेल गुडाउने बताए ।

उनले बर्दिबासमा रेल्वे सब–स्टेशन निर्माण गर्न जग्गा प्राप्त नभएको भछन् । विगत सात महिनादेखि खुल्ला आकाशमुनी पार्किङ गरी राखेका कारण रेलको इन्जिन र डब्बामा खिया लाग्न थालेको छ । रेल जनकपुरधाम आइपुगेपछि साँचो बुझ्दै रेल्वे विभागका महानिर्देशक भट्टराईले तत्कालै सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । त्यसपछि पनि पटक–पटक रेल सञ्चालनको मिति उनले तोके । तर उनको कुरा झुठो सावित भयो । रेल आएको सात महिना वित्दा पनि सञ्चालनमा नआउँदा जनकपुरधाम क्षेत्रका बासिन्दा र व्यापारी निरास बनेका छन् ।न्दै जग्गा प्राप्त हुने वित्तिकै सब–स्टेशन निर्माणको कार्य अगाडी बढ्ने जनाए । भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग झण्डै १ अर्बमा खरिद गरिएको २ सेट रेल लामो समयको प्रतिक्षापछि ०७७ असोज २ मा जनकपुरधाम आइपुगेको हो । उक्त रेल सेट अहिले धनुषाको इनर्वा स्टेशनमा पार्किङ गरी राखिएको छ । रेलको सुरक्षार्थ सशस्त्र प्रहरी खटेका

Comment


Related News