अपडेट 
२०७८ बैशाख ५, आईतवार ०७:३५

रौतहट । नया वर्ष २०७८ को अवसरमा जागरुक समाज नेपाल रौतहट गौरको आयोजनामा शनिवार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक स्थललाइ सरसफाई गरिनु पर्ने जनचेतना जगाउने उदेश्यले गौर नगरपालिका वडा नम्बर ४ स्थित सार्वजनिक बस पार्कको सरसफाई गरिएको हो ।

गाउ घर शहरलाइ सफा सुघर राख्नु पर्ने सोच मस्तिक्समा सवै नागरिकले बसाल्नु पर्ने लक्ष्य आयोजक सस्थाको रहेको जागरुक समाज नेपाल का अध्यक्ष मनोज यादवले बताएका छन् । स्वस्छ्ताले मानव जीवनमा स्वास्थ्यमा कुनै किसिमको संक्रमणबाट बच्न सहयोग पुग्ने भएकोले सरसफाईलाइ निरन्तरता दिनु पर्ने जोड सस्थाको रहेको छ । सरसफाई कार्यक्रममा महिलाहरुको उत्साह पूर्ण सहभागिता रहेको थियो । गौर बस पार्क लगायत अन्य सार्वजनिक ठाउमा फोहरको उचित व्यवस्थापन तथा निरन्तरता न्यून भएकोले सार्वजनिक ठाउलाइ सफा राख्नु पर्ने , फोहर व्यवस्थापन गर्ने ठाउमा फोहर मैला फाल्नु पर्ने संदेश दिनको लागि कार्यक्रमको आयोजना गरिएको यादवले जनाए । सरसफाई कार्यक्रममा गौर नगरपालिकाका नगर उपप्रमुख किरण ठाकुर ,नेपाली काग्रेसका महिला नेतृ भुवनी श्रेष्ठ, निर्वाचित जनप्रतिनिधि ,स्थानीय नागरिक समाजका अगुवा , सुरक्षा निकायका प्रमुख , नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरु सहभागी भएका थिए । गौर बस पार्कमा स्वच्छ खानेपानीको लागि प्रदेश सांसद बाबुलाल साहले जडान गरेका खानेपानी ट्यांकी विगत एक वर्ष भन्दा बढी देखि अलपत्र अवस्थामा रहेका छन् । शुद्ध खानेपानीको लागि हैंडपाइपको अभाव समेत भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । ठेक्कामा संचालन रहेको सो बस पार्कमा यात्रुहरुलाई बस्ने उचित ठाउको व्यवस्थापन , विजुलीवतीको राम्रो व्यवस्थापन , सुरक्षाको चुस्त व्यवस्थापन गर्नु पर्ने जरुरि रहेको छ ।

Comment


Related News