अपडेट 
२०७८ बैशाख ५, आईतवार ०७:४४

रौतहट । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको अथक प्रयास र पहलमा रौतहट र सर्लाहीलाई जोडने बागमति नदिमा रोकिएको सडक निर्माण कार्य सुचारु गर्ने सहमति भएको छ । रौतहट र सर्लाही जिल्लालाई जोडन रौतहटको धर्मपुर र सर्लाहीको मैनाथपुर घाट स्थित बागमति नदिमा गत वर्ष निर्माण भएको पुलको बाटो निर्माण हुन लागेको छ ।

धर्मपुर घाट स्थित बागमति नदिमा पुल निर्माण भएपनि पुल भन्दा पुर्वदेखी लिएर सर्लाहीको मैनाथपुर घाटसम्म सडक नहुँदा सर्वसाधारणहरु जोखिम मोलेर यात्रा गर्दै आएका छन । गत वर्षदेखी मात्र गढिमाई नगरपालिकाको आर्थिक सहयोगमा उक्त पुलदेखी पुर्व मैनाथपुर घाटसम्म नयाँ सडक निर्माण हुन लागेको छ तर उक्त बाटोकै विषयमा स्थानीयहरुबीच विवाद हुँदा केहिदिन देखी उक्त सडक निर्माण कार्य रोकिएकाथियो । सडक निर्माण कार्य रोकिएको थाहा पाएपछि रौतहटका प्रदेश सांसद एवं कृषि राज्य मन्त्री योगेन्द्र यादवले आज सडक निर्माण स्थलमै पुगेर स्थानीयहरुबीचको विवाद अन्त्य गरेका छन । मन्त्री यादवको अथक प्रयासमा विवाद टुंगेपछि रोकिएको बागमति नदिको उक्त सडक निर्माण कार्य अब अगाडि बढने भएको छ । आज बसेको सर्वदलीय बैठकमा बन्द रहेको उक्त सडकको निर्माण कार्य बशुचारु गर्ने सहमति भएको राज्य मन्त्री यादवले जानकारी दिएका हुन ।

उक्त सडक निर्माण भएपछि रौतहट र सर्लाहीका लाखौ बासिन्दालाई आवतजावत गर्नसहज हुने भएकाले कृषि राज्य मन्त्री योगेन्द्र यादवले सो सडक निर्माणका लागि विवाद सुल्झाउन महत्वपुर्ण भुमिका खेलेका हुन । सर्लाहीका पुर्व सांसद शिवपुजन यादव, गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव, गढिमाई नगरपालिका ६ का वडा अध्यक्ष रामसिहासन यादव, मैनाथपुरका वडा अध्यक्ष, सुरक्षाकर्मी लगाएत रौतहट र सर्लाहीका जनप्रतिनिधि तथा अन्य व्यक्तिहरुको साथ र सहयोगमा उक्त सडक निर्माण कार्य अगाडि बढाउने सहमति भएको मन्त्री यादवले बताउनुभएको छ ।

Comment


Related News