अपडेट 
२०७८ बैशाख ५, आईतवार १५:१६

वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१० की ५१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । ती महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । शनिबार ती महिलाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कफ, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । यसअघि वैशाख २ गते नारायणी अस्पतालमा कोरोना संक्रमित भएर उपचार गराइरहेका वीरगञ्ज–२ की एक महिला तथा चैत ३१ गते वीरगञ्ज–३ का एक पुरुष र बाराको जितपुर सिमरा उप महानगरपालिकाका एक युवकको मृत्यु भएको थियो ।

Comment


Related News

Latest News

Trending News