अपडेट 
२०७८ बैशाख ६, सोमबार ०८:५१

राजविराज । हालै सम्पन्न पत्रकार महासंघ तथा उच्च अदालत बार एकाईको निर्वाचनमा भातृ संघसंस्थाबाट प्रतिनिधित्व गर्दै सहभागि भई निर्वाचित भएकाहरुलाई नेपाली काँग्रेसले सम्मान गरेको छ ।

नेपाaली काँग्रेस क्षेत्र नं. २ ले आइतबार नव वर्षको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरि नवनिर्वाचितहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा प्रेस युनियनका तर्फबाट पत्रकार महासंघ सप्तरीको अध्यक्ष पदमा निर्वाचित श्रवण देव र सदस्य पदमा निर्वाचित परिष कर्ण छन् । यस्तै केन्द्रिय परिषद् सदस्यमा निर्वाचित मनोजकुमार माझी र प्रदेश परिषद् सदस्यमा निर्वाचित शिवनारायण साह पनि सम्मानित भएका छन् । क ा र्य त्र m म म ा डेमोक्रेटिक लायर्स एशोसिएशएसनका तर्फबाट उच्च अदालत बार एकाईमा निर्वाचित रन्धिर कर्ण पनि सम्मानित भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले खादा ओढाई सम्मानित गरेका थिए । क्षेत्रिय सभापति महानन्द यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा काँग्रेसका नेता बिरवल बिराजी, नन्दकिशोर यादवलगायतले पनि शुभकामना दिएका थिए ।

Comment


Related News