अपडेट 
२०७८ बैशाख ६, सोमबार ०८:५९

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ९ स्थित नक्कु पोखरीमा डुबेर एक बालकको मृत्यू भएको छ ।

आईतवार दिउँसो स्थानीय रामशरण साहका अन्दाजी १२ वर्षीय छोरा अमित साहको पोखरीमा डुबेर मृत्यू भएको हो । पोखरीमा नुहाइरहेका क्रममा पौडी खेल्न नसक्दा डुबेर उनको मृत्यू भएको स्थानीयले बताएका छन् । डुबेर मृत्यू भएका बालकलाई ोखरीबाट प्रहरी र स्थानीयले निकालेको थियो । उनको शव पोष्टमार्टमका लागि जनकपुर स्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । गर्मी मौसम सुरु भएपछि तराई÷मधेसका जिल्लामा पोखरीमा डुबेर मृत्यू र आगलगीका घटना बढ्ने गर्छ । विशेषगरी अभिभावकको लापरबाहीले नै पोखरीमा डुबेर बालबालिकाको मृत्यू हुने गरेको प्रहरीको भनाई छ ।

Comment


Related News