अपडेट 
२०७८ बैशाख ६, सोमबार ०९:०१

जनकपुरधाम । जनता समाजवादी पार्टीका संघीय साँसद आफ्नो निर्वाचन क्षेत्र नम्वर २ को शहिदनगर र कमला नगरपालिकामा आईतवार एकैदिन तीन योजनाको शिलान्यास गरेका छन् ।

शहिदनगर नगरपालिका ९ स्थित गोठ कोयलपुरको गढी कुटीमा साँसद अरगरिया र मेयर उदय बरबरियाले संयुक्त रुपमा धर्मशालाको शिलान्यास गरेका हुन् । धर्मशाला निर्माणका लागि साँसद अरगरियाले संसदीय विकास कोषबाट १० लाख रुपैया उपलब्ध गराएका छन् । यस्तै साँसद अरगरियाले कमला नगरपालिका ९ स्थित नरहा कब्रस्थानको पर्खाल र सोही वडाको ठेढामा शहिद बमभोला यादव (प्रदिप)को स्मारक निर्माणको शिलान्यास गरेका छन् । कब्रस्थानको पर्खाल निर्माणका लागि उनले आफ्नो संसदी विकास कोषबाटै ५ लाख र शहिद स्मारक निर्माणका लागि १० लाख रुपैया उपलब्ध गराएका हुन् । चार कट्ठा जग्गामा कब्रस्थान रहेको छ । सोको पर्खाल निर्माणमा थप १० लाख रुपैया लाग्ने मुस्लिम अगुवाहरुको आग्रह अनुसार साँसद अरगरियाले आवश्यक पर्ने रकम उपलब्ध गराउने प्रतिवद्धता जनाए । यस्तै शहिदनगर नगरपालिका ९ स्थित मस्जिदको मिनार निर्माण गर्न पनि साँसद अरगरियाले ५ लाख रुपैया उपलब्ध गराएका छन् । मस्जिदको निरीक्षण गर्दै उनले निर्माण कार्य अगाडी बढाउन मुस्लिम अगुवाहरुलाई आग्रह गरे ।

Comment


Related News