अपडेट 
२०७८ बैशाख ६, सोमबार ०९:०४

निर्वाचन आयोगले राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी सुरु गरेको छ ।

आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा र देशभरका स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको विवरण संकलन सुरु गरेको हो । उपनिर्वाचनको तयारी र मितिका विषयमा आयोगले सरकारसँग समेत अनौपचारिक छलफल र संवाद गर्दै आएको छ । आयोगले हालसम्म राष्ट्रिय सभातर्फ दुई, प्रतिनिधि सभातर्फ चार तथा प्रदेश सभातर्फ १३ र स्थानीय तहतर्फ ४८ पद रिक्त रहेकोबारे जानकारी प्राप्त भएको जनाएको छ ।आयोगले यो संख्या बढ्न सक्ने भन्दै हिजो ७७ वटै जिल्लाका स्थानीय तहलाई पत्राचार गर्दै विवरण माग गरेको छ । आयोगलाई सबैभन्दा सहज राष्ट्रिय सभाको उपनिर्वाचनका लागि रहेको छ ।

कानुनअनुसार आयोगले राष्ट्रिय सभा सदस्यको पद रिक्त रहेको औपचारिक जानकारी पाएको ३५ दिनभित्र उपनिर्वाचन मार्फत पदपूर्ति गरिसक्नुपर्ने व्यवस्था छ ।आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको काम नै निर्वाचन गर्ने भएकाले आयोग निर्वाचनका विषयमा सधैं तयार र तत्पर रहिरहने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News