२०७८ बैशाख ६, सोमबार ०९:१५

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ ।

तयारी नपुगेको भन्दै हिजो स्थगित गरेको बैठक आज दिउँसो दुई बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।बैठकमा १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने पौडेलले बताउनुभयो । कांग्रेसको संस्थापन पक्षले आउँदो भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिका अनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।

Comment

Related News

Latest News

Trending News