अपडेट 
२०७८ बैशाख ७, मंगलवार ०६:५६

मलगंवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न–९ बाल मन्दिर चौक स्थित मासु गल्लीको सडक हिलाम्मे हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

बर्षातको मौसममा मात्र नभइ सुख्खा याममा समेत उक्त सडकमा हिलो र नालाको फोहर पानी जमेर पैदल समेत हिंडडुल गर्न समस्या हुने गरेको स्थानीय किराना ब्यापारी आनन्द कुमार अग्रवालले बताए । मासु पसलबाट निस्कने फोहरको साथै बजारभरीको फोहर फालिने गरेकाले दुर्गन्धका कारण उक्त सडक भएर हिंडडुल गद नाक मुख थुन्नुपरेको अग्रवालले गुनासो गरे । सडक पनि एकदम साँघुबरो भएकोले ठुला तथा मझौला सवारीसाधनका कारण छिनछिनमा पानीकै बिचमा जाम लाग्ने गरेको पान पसल संचालक सुनिल कुमारले बताए । यस्ता समस्याबाट स्थानीय बासिन्दाहरु पीडित भइरहेको देख्दादेख्दै पनि नगरपालिका र मातहतका वडा कार्यालयले समस्या समाधान गर्न तर्फ ध्यान नदिएको भन्दै आक्रोशित भएका छन् ।

Comment


Related News

Latest News

Trending News