अपडेट 
२०७८ बैशाख ७, मंगलवार ०७:००

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले दोस्रो जित निकालेको छ ।

मुम्बईमा सोमबार सम्पन्न भएको खेलमा राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको हो । जितसँगै चेन्नईले ३ खेलमा ४ अंक बनाएको छ ।खेलमा चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि फाप डु प्लेसिसले सबैभन्दा धेरै ३३ रन बनाए ।

Comment


Related News

Latest News

Trending News