अपडेट 
२०७८ बैशाख ७, मंगलवार ०७:१२

कलैया । बाराको कलैया अस्पतालमा प्रदेश २ सरकारका समाजिक बिकास मन्त्री नवलकिशोर साहले पीसीआर ल्याव एवम एचडीयुको एक कार्यक्रमका बिच सोमवार उदघाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले पीसीआर ल्यावले बारा जिल्लाका नागरिकहरुलाई प्रत्यक्ष रुपमा फाईदा पुग्ने विश्वास ब्यतm गरे । उनले कोरोनाको शंका लागेका ब्यतिmहरुले आएर कोरोना परीक्षण गराउनका लागि आह्वान समेत गरे । संसारमा पुनः खतरनाक रुपमा कोरोना संक्रमण फैलिन थालेको भन्दै महामारीबाट नागरिकको ज्यान जोगाउन डाक्टर हरुलाई दतचित भई अगाडी अग्रसर हुनका लागि उनले निर्देशन दिए । कलैया अस्पताललाई सुबिधा सम्पन्न अस्पतालको रुपमा बिकास गर्दै चाहिने जनशतिm पनि प्रदेश सरकारले चाडै नै ब्यवस्थापन गरि पठाउने र तलब नपाउने डाक्टरहरुलाई पनि प्रक्रिया पुरयाई तलब भता खुवाउने मन्त्री साहले प्रतिबद्धता जनाए । अस्पतालमा केही समस्याहरु सृजना भएपनि सोलाई समझदारीबाट हल गर्दै प्रभावकारी सेवा प्रदान गर्नतिर सबैको ध्यान जान जरुरी रहेको कुरामा मन्त्री साहले जोड दिए । बिगतको दिनमा कोरोनाबाट नागरिकलाई जोगाउनका लागि कलैया अस्पतालका डाक्टर, नर्स, परामेडिक, कर्मचारी, स्वीपर लगायतका अन्य कर्मचारीहरुलाई जोखिम भता उपलब्ध नभएको गुनासोलाई पनि चाडै सम्बोधन गर्ने प्रतिवद्धता ब्यतm गरे । प्रदेश सरकारबाट कलैया अस्पतालका कर्मचारीहरुको जोखिम भता उपलब्ध गराउनका लागि मन्त्री परिषदको बैठक बसी निर्णय गरि सिसीएमसी केन्द्रिय उच्च स्तरिय समितिमा पठाई सकेको हुँदा चाडै नै सो रकमपनि उपलब्ध हुनेमा आफु आशाबादी रहेको मन्त्री साहको कथन रहेको थियो ।

पिसीआर मेसिनमा एक पल्टमा ९६ जनाको नमुना परीक्षणका लागि गरि प्रदेशिक जनस्वास्थ्य प्रयोगशालाबाट ३ जना कर्मचारीहरुलाई पठाई सेवा सुचारु गरिएको हो । नतिजाका लागि करिब ६ घण्टा समय लाग्ने प्रदेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा श्रवन कुमार मिश्रले जानकारी दिए । पीसीआर ल्याव एवम एचडीयु दुवै सेवा संचालन गर्नका लागि १० जना जनशतिmको आवश्यकता रहेको हुदा एकदुई दिन भित्रमा नै कर्मचारी पठाउने मिश्रले बताए । यो सेवा भने २४औ घन्टा सुचारु हुने उनले भने । एचडीयु सेवा भनेको आईसियूको भन्दा एक तह मुनिका १५ वटा सुविधा सम्पन्न बेड पनि संचालनमा ल्याएको कलैया अस्पतालका प्रमुख डा. गौरब महतोले जानकारी दिए । उद्घाटन कार्यक्रममा प्रादेशिक नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, राष्ट्रिय सभाका निवर्तमान साँसद रमेश यादव, प्रदेश सभा सदस्य पारस साह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक दिपेन्द्र शाही, डा. रबि गुप्ता, अस्पताल बिकास समिति कर्मचारी युनियनका अध्यक्ष प्रदीप यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । अस्पताल बिकास समितिका सदस्य महाबीर साहको अध्यक्षतामा सो उदघाटन कार्यक्रम सम्पन्न भएको थियो । पीसीआरको ७ सय पिस किड आएको अस्पताल स्रोतले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News