अपडेट 
२०७८ बैशाख ७, मंगलवार १०:४५

वीरगञ्जमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज-१४ बहुअरी बस्ने ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा सोमबार राति निधन भएको हो । ९ दिनअघि अस्पतालमा भर्ना भएका उनमा अन्य दीर्घ रोगसँगै कोरोना संक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि वीरगञ्जमा ६ जनाको मृत्यु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News