अपडेट 
२०७८ बैशाख ७, मंगलवार १०:५०

सप्तरीको इँटा उद्योगमा लुकाएर राखिएका टेम्पो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ स्थित जय माता दी इँटा उद्योग र बाबा धर्मराज इँटा उद्योगमा भारतीय नम्बर प्लेट भएको टेम्पो लुकाएर राखिएको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसारसशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक श्याममणी ढकाल नेतृत्वको टोलीले ती टेम्पो नियन्त्रणमा लिइएको हो । राखिएका टेम्पोको कुनै कागजातसमेत फेला नपरेको सशस्त्र प्रहरीले जनाएको छ । ५४ लाख मूल्य बराबरका ती टेम्पोलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

Comment


Related News

Latest News

Trending News