अपडेट 
२०७८ बैशाख ७, मंगलवार १५:३६

कोरोनाको दोस्रो लहरले रौतहटमा संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाइ गर्न थालेको छ ।

रौतहटमा हाल २९ जना सक्रिय कोरोना संक्रमित छन् । वैशाख १ देखि ६ गतेसम्म भएको ४७ नमुना परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्दै जाँदासमेत स्थानीयले सचेतना नअपनाएपछि जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई जरिवाना गराउने निर्णय गरेको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैंया जरिवाना गर्ने, प्रत्येक पालिकाहरुमा क्वारेन्टिन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ‘अवस्था हेरेर गौरमा थप दुईवटा आइसोलेसन निर्माण गर्ने निर्णयसमेत भएको छ,’ उनले भने, ‘होम आइसोलेसनमा रहेका व्यक्तिहरुले मापदण्ड पालना नगरेमा त्यस्ता संक्रमितलाई सामुदायिक क्वारेन्टिनमा राखिने छ ।’

सीमा नाकाहरुमा समेत सुरक्षाकर्मीहरुले निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

Comment


Related News

Latest News

Trending News