अपडेट 
२०७८ बैशाख ८, बुधबार १६:५४

धनुषाको ठेराकचुरी स्थित मिथिला विहारी मन्दिरको शाखा मन्दिरको रुपमा रहेको जनकपुरधाम पुलचौक अवस्थीत मिथिला विहारी मन्दिरको पुनः प्राणप्रतिष्ठा गरिएको छ ।

स्थानिय सरकारको सरंक्षणको अभावमा निकै नै जिर्ण रहेको सो मन्दिरको मन्दिरका वर्तमान कमिटि र स्थानियवासीले मिलेर मन्दिरको पुनः निमार्ण गर्दै वुधवार मन्दिरमा भगवानको समेत स्थापना गरेको छ । मन्दिरमा मुर्ति स्थापनाका लागि मंगलवार विशाल कलश यात्रा निकालिएको थियो । मन्दिरबाट निस्केको कलश यात्रा नगर परिक्रमा गर्दै स्थानिय गंगा सागरमा जल भरेर पुनः मन्दिर फर्केको थियो भने मंगलवार देखि नै अखण्ड सीताराम किर्तन पनि संचालन गरिएको छ । वुधवार भव्य कार्यक्रम गर्दै मन्दिरमा मुर्तिको स्थापना गरिएको छ । श्री श्री १०८ मिथिला विहारी मंदिर संचालक समितिका सचिव मनोज कुमार पुर्वेका अनुसार मन्दिरको पुनः निमार्णमा जनकपुरधाम उपमाहानगरपालिका वार्ड नं १ का अध्यक्ष शत्रुधन साहले सहयोग गरेको र अन्य आर्थिक मद्दत सम्पुर्ण पुलचौकका स्थानियवासीहरुबाट भएको वताए । उनले सोहि संकलित रकमबाट मन्दिरमा नया मुर्तिको स्थापना समेत गरिएको वताए ।

मिथिला विहारी मठको शाखा मन्दिरको रुपमा निकै नै पहिले स्थापना गरिएको सो मन्दिर विगत १० वर्ष देखि जिर्ण अवस्थामा पुगेको थियो भने मन्दिरको छतनै फुटेपछि मन्दिरमा रहेका भगवानलाई समेत अर्कै कोठामा राख्न वाध्य भएका थिए । मुख्य मन्दिर र स्थानियवासीको सहयोगमा संचालनमा रहेको सो मन्दिरमा मुख्य मन्दिरले ध्यान दिन छाडेपछि मन्दिरको अवस्था दयनीय वनेको थियो । निकै नै जिर्ण रहेको सो मन्दिरमा भुकम्पमा छतनै भत्कीएपछि नगरमै चर्चित झुलन मेला लगायतका मेलाहरु भव्य रुपमा लगाउदै आएकोमा केहि वर्ष देखि वन्द रहेको थियो । संचालक समितिका सचिव पुर्वेका अनुसार मन्दिर पुनं निर्मित भएपछि अब सदाझै विभिन्न मेलाहरु भव्यरुपमा लगाइने छ । मन्दिरले मुर्ति स्थापना भएको खुसीमा वुधवार भव्य अन्नकुटको प्रसादको व्यवस्था समेत गरेको थियो । कार्यक्रमको आयोजनामा संचालक समितिका अध्यक्ष सन्तोष साह,उपाध्यक्ष श्याम महरा,कोषाध्यक्ष राधेश्याम यादव,सचिव मनोज कुमार पुर्वे,सहसचिव शैलेन्द्र यादव,रामह्दय साह,लक्ष्मण मंडल,अजय साह,सन्तोष पुर्वे,पुरषोतम मण्डल लगायतको निरन्तरको मेहनत रहेको वताइएको छ ।

Comment


Related News

Latest News

Trending News