अपडेट 
२०७८ बैशाख ९, बिहीबार १९:४२

राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि उपचुनाव हुने भएको छ ।

राष्ट्रियसभा सदस्य रामबहादुर थापाको रिक्त पद पूर्तिको लागि आउँदो जेठ ६ गते उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ । कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा त्यसको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले उपचुनाव गरी पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था रहेको  छ । निर्वाचन आयोगले उपचुनावको लागि आजदेखि तयारी थालेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएको छ । उपचुनावमा गाउँपालिका, नगरपालिका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता रहने व्यवस्था छ । 

Comment


Related News

Latest News

Trending News