अपडेट 
२०७८ बैशाख १०, शुक्रबार ०७:१७

कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गएपनि सर्वसधारण मास्क प्रयोग गरिरहेका छैन । स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गर्दा धनुषा प्रहरी आक्रमक बनेको छ । बिहीवारदेखि प्रहरीले जनकपुरधाममा मास्क प्रयोग नगरी हिड्डुल गर्नेहरुलाई कारबाही थालेको हो ।

जनकपुरधामको हरेक चौकमा प्रहरीको उपस्थिति बढाएको छ । मास्क प्रयोग नगर्नेलाई देखेलगत्तै प्रहरीले नियन्त्रणमा लिन थालेका छन् । बिहीवार जनकपुरधामको विभिन्न चोकबाट मास्क प्रयोग नगरेका ५ हजार मानिसलाई नियन्त्रणमा लिएर २ घण्टा होल्डिङ गरी छाडेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए । उनले मास्क प्रयोग नगर्नेलाई कारबाही गर्ने दङ्गादेखि गणसम्मको सबै प्रहरी परिचालन गरिएको बताए । उनले भने, ‘ आज २ घण्टा होल्डिङ पश्चात सम्झाई बुझाई पठाऔं । अब शुक्रवारदेखि मास्क नलगाउनेलाई एक सय रुपैया जरिवाना गर्छौ ।’ कोरोना संक्रमण बढ्दै गएको तर सर्वसधारण स्वास्थ्य मापदण्ड नअपनाउँदा कारबाही सुरु गरिएको उनको भनाई छ ।

Comment


Related News

Latest News

Trending News