अपडेट 
२०७८ बैशाख १०, शुक्रबार ०७:२१

विश्व हिन्दु परिषदका अन्तराष्ट्रिय महामन्त्री मिलिन्द पराण्डेले नेपाल राजनीतिक रुपले नभए पनि सांस्कृतिक रुपले हिन्दु राष्ट्र कायम नै रहेको बताएका छन् ।

उनले भने, नेपाल कहिल्यै पनि धर्मनिरपेक्ष देश हुन सक्दैन, यहाँका राजनीतिक दलका नेताहरुले क्षणिक स्वार्थका लागि कागजमा मात्र धर्मनिरपेक्ष लेखेका छन्, तर नेपाल अहिले पनि हिन्दु राष्ट्र नै छ । विश्व हिन्दु परिषद नेपालले बिहिबार वीरगञ्जमा आयोजना गरेको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पराण्डेले मुख्यगरी चार कारणले हिन्दुलाई कमजोर पार्ने खेल भईरहेको बताए । ईसाईको प्रचारबाजी र धर्मान्तरण, ईस्लामिक आतंकबादी, कुनै धर्ममा विश्वास नहुने लहर र पश्चिमी शैली भित्रिएकोले हिन्दुलाई कमजोर बनाउँन हिन्दुमाथि प्रहार भईरहेको उनले बताए । पाकिस्तान र बंगलादेशमा हिन्दुहरुमाथि संकटको अवस्थामा रहेको छ । त्यहाँ अस्तित्वको संघर्ष हुदै आएको छ । त्यहाँका न्यायपालिका मुस्लीमकै छ, दिनहुँ हिन्दुमाथि अन्या अत्याचार बढेपनि हिन्दुवासी संगठन खुलेर काम गर्न सकेको छैन् । चौतर्फी रुपमा हिन्दुमाथि नै प्रहार गर्ने काम भईरहेको छ । जुन ठाउँमा मुस्लीम अवादी बढेको छ, त्यो ठाउँमा जव जिहाद, चेलीबेटी बेचविखन, गौहत्या र मुस्लीम तुष्टीकरणको राजनितिक बढदै गएको छ । ईसाई मिसेनरीले पनि समाजको गरिब स्तरका व्यक्तिहरुलाई ललाई पखाई झुक्याएर धर्मान्तरण गरी पश्चिमी भोगबादको प्रभाव बढाएको छ जसले गर्दा हिन्दु आफनो संस्कारबाट टाढा हुदै गएको छ । हिन्दु समाज भित्र पनि विभिन्न दोष लागिरहेको छ ।

उनले भने, हिन्दु समाजको तत्वज्ञान सर्वोश्रेष्ठ छ तर तत्वज्ञान भन्दा धेरै टाढा हामी गईरहेका छौं । जातीय छुवाछुट, भेदभाव, जातीय भाषा, सम्प्रदायको अंहकारले गर्दा एक हिन्दुले अर्को हिन्दु संगको व्यवहार गलत गर्ने गरेका छन् । यी कुरा धर्मतत्वज्ञान विपरित भएपनि समाजिक कुरुती हाम्रो समाजमा स्थापित भईसकेको छ । यसबाट मुक्त बनाउँन सम्पूर्ण हिन्दु एकजुट हुनुपर्छ । विघटित हिन्दुलाई संगठित बनाउँन, म हिन्दु हुँ भन्ने क्षीण रहेको भावलाई स्वाभिमानका साथ कसरी आत्मसाथ गरेर अगाडी बढ्न सकिन्छ त्यस विषयमा गहन रुपमा लाग्नु पर्छ । हिन्दुको जीवन मुल्यलाई पुनप्रस्तावित कसरी गर्न सकिन्छ त्यसतर्फ लाग्न अहिलेको मुख्य उदेश्य रहेको उनले बताए । महामन्त्री पराण्डेले हिन्दु समाजको धार्मिक व्यवस्था कायम राख्न साधु सन्त, मठमन्दिर, अर्चक पुजारी, पर्वत्योहार, यात्रालाई शक्ती केन्द्रको रुपमा प्रज्वलीत गरेर यसकै आधारमा हिन्दु समाज एक सुत्रमा बाँधिराख्न प्रेरित गर्नुपर्छ । हाम्रो समाजभित्र लुकेर रहेको भित्रि दोषलाई अन्त्य गरी बाहिरी आक्रमण जडवादी कम्युनिष्ट सोच, इसाई मेसिनरीको काम, ईस्लामिक आतककारी, गौ हत्या, जव जिहाद, पश्चिमी प्रभावको रक्षा गर्नु समाजको मुख्य काम रहेको हुनाले हिन्दु हिन्दुको भावले खडा भएमात्र यो सम्भव रहेको उनले बताए । अहिले कम्युनिष्ट र इसाईले जनगणनाको नाममा हिन्दुलाई बाटने काम गरीरहेको छ ।

१० बर्ष पहिला भएको जनगणना फर्ममा धर्मलाई चार वटा खण्डमा विभाजन गरिएको थियो । तर २०७८ को जनगणना फर्ममा हिन्दुलाई विभाजन गर्न १२ वटा खण्डमा बनाईएको छ हिन्दुको जनसंख्या ६० प्रतिशत भन्दा कम देखाउँन पश्चिमी शक्ति लागि परेको उनले बताए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं हिन्दु स्वयंसेवक संघ पर्साका संस्थापक माधव राजपालले नेपाल प्रवासमा रहेका परिषदका अन्तराष्ट्रिय महामन्त्री पराण्डेलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । हिन्दु स्वंयमसेवक संघका जिल्ला कार्यवाह ललन द्धुवेद्धीको संयोजकत्वमा सम्पन्न परिचयात्मक कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका महामन्त्री प्रहलाद रेग्मी, संघका नगरकार्यवाह रामलखन यादव, विश्व हिन्दु परिषद वीरगन्ज महानगर उपाध्यक्ष कृष्णमोहन सहाय लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News