अपडेट 
२०७८ बैशाख १०, शुक्रबार ०७:३१

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले प्रचलित विधान बमोजिम विभिन्न समितिहरुको विस्तार भएको छ ।

सङ्घको वाणिज्य समितिको संयोजकमा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उद्योग समितिको संयोजकमा सङ्घका उपाध्यक्ष हरिप्रसाद गौतम र रोजगारदाता समितिको संयोजकमा सङ्घका उपाध्यक्ष माधव राजपाल मनोनयन भएका छन् । समिति विस्तार कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले उद्योग, वाणिज्य र रोजगारदाता समिति महत्वपूर्ण समिति भएकोले यस क्षेत्रको उद्योग, व्यापार फस्टाउने वातावरण निर्माण गर्न समितिहरुले परिणाममुखी भूमिका खेल्नु पर्ने सुझाव दिए । त्यसका समितिहरुले सम्बन्धित क्षेत्रको महत्वपूर्ण मुद्दाहरुमा सरोकारवाला निकायहरु समक्ष लवीको लागि प्रस्तुत गर्न समेत सुझाव दिए । वाणिज्य समितिका संयोजक अनिलकुमार अग्रवालले वाणिज्यसँग सम्बन्धित मुद्दाहरु, उद्योग समितिका संयोजक हरिप्रसाद गौतमले उद्योगसँग सम्बन्धित मुद्दाहरु र रोजगारदाता समितिका संयोजक माधव राजपालले श्रम सम्बन्धी मुद्दाहरुलाई निरुपण गर्ने तर्फ आ–आफ्नो तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News