अपडेट 
२०७८ बैशाख १०, शुक्रबार १२:०९

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको दम्भ धरहरा भन्दा अग्लो भएको बताउनुभएको छ ।

शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले प्रधानमन्त्री ओलीको भड्काउ चिन्तनले कम्युनिस्ट आन्दोलन धरापमा परेको बताउनुभएको छ । नेता नेपालले, पार्टीमा बहुमत रहेकोले प्रधानमन्त्री ओलीले कारबाही गर्दैमा पार्टी नफुट्ने दाबी गर्दै नेता नेपालले नाम र चिन्हभन्दा पनि विचार मूल कुरा हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले गरेका निर्णय फिर्ता नलिएसम्म एकीकृत रुपमा जान नसकिने उनको भनाइ थियो । नेता नेपालले आफुले आन्दोलन नछोड्ने, पार्टी नछोड्ने, लोकतन्त्र नछोड्ने, संघियता नत्याग्ने, संबिधानाके मुल्य र मर्म अनुसार देश र जनतालाई अगाडि बढाउने बाटोमा सदैब लागिरह्ने उल्लेख गर्नुभयो ।

नेकपा एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न राष्ट्रिय कार्यकर्ता भेलामा राजनीतिक प्रस्ताव गरेको बताउँदै नेपालले फागुन २३ पछिका दस्तावेजहरु समेटर अभियान, एकता प्रयास र कारबाहीबारे निकालेको पुस्तकले कार्यकतामा रहेको भ्रम समाप्त हुने बताए ।

Comment


Related News

Latest News

Trending News