अपडेट 
२०७८ बैशाख १०, शुक्रबार १६:४९

नेपालमा शुक्रबार थप २५ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ७ सय ९८ पिसिआर परिक्षणका क्रममा २४४९ जना र ८६६ वटा एन्टीजेन परिक्षणका क्रममा ११० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १ सय २२ जनाले कोरोनाका कारण ज्यान गुमाएा छन् । त्यस्तै थप ४१० संक्रमित निको भएका छन् । नेपालमा हालसम्म दुई लाख ७६ हजार ७५५ जनाले कोरोना जितेका छन् । हाल नेपालमा १४ हजार ७२४ जना आइशोलेशन र ७५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २३ लाख ८८ हजार २ सय वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News