अपडेट 
२०७८ बैशाख ११, शनिबार ०६:२७

जनकपुरधाम । प्रदेश २ को राजधानी र नामाकरण गर्न मागिएको प्रस्ताब शुक्रबार प्रदेशसभामा टेबुल भएको छ । राजधानी र नामाकरण लागि प्रदेशसभामा दर्ता भएको प्रस्ताव शुक्रबार प्रदेशसभा बैठकमा टेबल गरिएको हो । प्रदेशसभा सचिवालयमा नामाकरणका लागि ६ वटा प्रस्ताव दर्ता गराएको थियो ।

सत्तारुढ जसपा, प्रतिपक्षी नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमालेका साँसदहरुले पार्टीको निर्णय बमोजिम प्रदेशको राजधानी जनकपुरधामलाई तोक्न अलग अलग प्रस्ताव दर्ता गराएका छन् । काँग्रेस साँसद राजेश्वर प्रसाद साह र जसपा साँसद सिंहाशन साह कलवारले अलग अलग वीरगञ्जलाई स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभा बैठकमा सम्बन्धित साँसदहरुले आ–आफ् नो प्रस्ताव पारित हुनुपर्ने तर्क गरे । जसपाका साँसद प्रमेश्वर साहले जनकपुरधाम नै प्रदेशको राजधानी उपयुक्त हुने दावी गरे । उनले सबै दल जनकपुरधामलाई नै राजधानी तोक्नुपर्ने प्रस्ताव गरेकाले प्रक्रिया पुर्याउन मात्र बाँकी रहेको बताए । यस्तै नेपाली काँग्रेसका साँसद नरेश यादवले दोधारे नीतिका कारण विगतमा जनकपुरधामलाई राजधानी बनाउने प्रस्ताव फेल भएको स्मरण गराए । उनले भने, ‘पहिले पनि जनकपुरधामलाई स्थायी राजधानी बनाउन सहमती भइसकेको थियो । तर सत्तारुढ दलले नै फेल गरायो । अब त्यस्तो नहोस्, नत्र फेरी पनि सबै प्रस्ताव फेल हुन्छ ।’ काँग्रेस साँसद उपेन्द्र कुशवाहाले जनकपुरधामलाई नै स्थायी राजधानी बनाउनुपर्ने बताए । उनले जनकपुरधाम नै उपयुक्त हुने भन्दै काठमाण्डुमा सबै राजनीतिक दलले सहमतीमै अस्थायी राजधानी तोकेको तर्क गर्दै स्थायी राजधानी पनि जनकपुरधामलाई नै तोक्नुपर्ने अडान राखे । भौतिक पूर्वाधार र यातायातका दृष्टिले पनि जनकपुरधाम नै उपयुक्त रहेको उनको भनाई छ ।

जसपाकी साँसद सुरिता साहले जनकपुरधामलाई प्रदेशको स्थायी राजधानी बनाउनमा सहमत हुन वीरगञ्जलाई राजधानी प्रस्ताव गरेका साँसदहरुसँग आग्रह गरिन् । उनले रामायण कालमा नै जनकपुरधाम राजधानी भएकाले अहिले प्रदेश २ को राजधानी पनि बनाउन सबै एकजुट हुनुपर्ने बताइन् । छलफलपछि सभामुख सरोज कुमार यादवले राजधानी तोक्नेबारे दर्ता गराएको प्रस्तावमा संशोधन दर्ता गराउन ७२ घण्टा अर्थात तीनदिनको समय दिएका छन् । अबको प्रदेशसभा बैठक वैशाख १२ गते विहान ११ बजे बस्ने सभामुख यादवले बताए ।

Comment


Related News

Latest News

Trending News