अपडेट 
२०७८ बैशाख ११, शनिबार ०६:३९

जनकपुरधाम । बिना कारण कर्मचारीलाई आफुखुसी सरुवा गर्ने गरिएको भन्दै सतापक्ष र प्रतिपक्षका सांसदहरुले प्रदेश २ सरकारको चर्को आलोचना गरेका छन् ।

शुक्रवार बसेको प्रदेश सभाको शुन्यसमयमा सत्ताधारी दल जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका प्रम्ुख सचिव, सचिवहरुले आर्थिक प्रभावमा परि कर्मचारीहरुलाई अनावश्यक रुपमा सरुवा गर्ने गरिएको भन्दै सरकारको चर्को आलोचना गरे । प्रदेश निजामति कर्मचारी ऐन पास भएको लामो समय भईसक्दा पनि अहिले सम्म त्यसको कार्यान्वयनमा प्रदेश सरकारले ध्यान नदिएको उनले आरोप लगाए । प्रदेश निजामति कर्मचारीऐन सभाबाट पास भएको झण्डै तीन महिना भईसकेको छ, सांसद साहले भने,‘ तर त्यसको कार्यान्वयको लागि अहिले सम्म न कुनै कार्यविधि, न नियमावली न त कुनै निर्देशिका नै बनेको छ ।’ त्यसैगरि, नेपाली काँग्रेस संसदीय दलकानेता रामसरोज यादवले पनि प्रदेश सरकारले अनावश्यक रुपमा कर्मचारीको मनोबल गिराउने गरि सरुवा गर्ने गरेको भन्दै सरकारको आलोचना गरे । प्रदेश निजामति कर्मचारी कार्यान्वयनमा ल्याउनुपर्ने नेता यादवले जोडदार माग समेत गरे । त्यसैगरि, नेकपा माओवादी केन्द्रका सांसद दिलिप साहले पनि आर्थिक लेनदेनको आधारमा सरकारद्वारा कर्मचारीको सरुवा र व्यवस्थापनको काम भईरहेको आरोपलगाए ।

प्रदेश निजामति ऐन कार्यान्वयनमा सरकारले ध्यान नदिएको भन्दै सांसद साहले भने,‘ कर्मचारीहरुकै बदमाशीका कारण अहिले सम्म प्रदेश निजामति कर्मचारी ऐन कार्यान्वयन हुन नसकेको छैन ।’ सभामा सत्ता पक्षका सांसद सुरिता साह र रानी शर्मा तिवारीले पनि अनावश्यक रुपमा हुने गरेको कर्मचारी सरुवालाई विरोध गरेका छन् । यसैगरि,महामारीको रुपमा फैलिदै गएको कोरोना महामारी विरुद्धको तयारी बारे जानकारी गराउन सांसदहरुले माग गरेका छन् । पहिलाको भन्दा कोरोनाको दोस्रो लहर अझै भयावह रहे पनि अहिले सम्म सरकारले जनताको जीउधनको लागि कुनै ठोस तयारी नगरेको काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले बताए । जनताको जीउधनको रक्षा समेत गर्न नसकने प्रदेश सरकार निकम्मा र निठला सावित भएको नेता यादवले आरोप लगाए । त्यसैगरि, नेकपा एमालेका सांसद सुन्दर वहादुर विश्वकर्माले पनि कोरोना विरुद्धको तयारीमा सरकार सुस्त रहेको आरोप लगाए । एक वर्षको अवधिमा पनि प्रदेश सरकारले प्रदेशका अस्पतालहरुमा भेन्टिलेटर, अक्सिजन तथा आईसीयू बेडको पर्याप्त संख्यामा व्यवस्था गर्न नसकेको सांसद विश्वकर्माले गुनासो गरे । सत्ता पक्षकै सांसद करिना वेगमले पनि कोरोनाबाट आमजनतालाई प्रदेश सरकारले उचित सेवा दिन नसकिरहेको भन्दै गुनासो गरिन् ।

Comment


Related News

Latest News

Trending News