अपडेट 
२०७८ बैशाख ११, शनिबार १३:३७

संस्थाको विधान विपरित कार्यसमिति चयन गरि स्वघोषणा गरेको विरोधमा संस्थाका पुर्वअध्यक्ष लगायतका पदाधीकारीले तालावन्दी गरेको छ ।

जनकपुरधामको जिरोमाइल अवस्थित जनकपुर युथ कल्वमा संस्थाका पुर्व अध्यक्षले गरेको स्वघोषीतरुपमा आफु पुनः अध्यक्ष रहेको भन्दै विना वैठकको कार्यसमिति गठन गरेपछि विधान सम्मत कार्यगर्न भन्दै संस्थाका पुर्व पदाधीकारी लगायतले कल्वमा तालावन्दी गरेको हो । संस्थामा आएको पचासौ लाखको हिसाव कितावमा गडवड गरेको र सोहि हिनामीनालाई ढाकछोप गर्नका लागि आफुखुसी कार्यसमिति गठन गरि समाजीक संजालमा स्वघोषणा गरेको आरोप लगाइएको छ । संस्थाका पुर्व अध्यक्ष मनीष झा श्रीओमका अनुसार कार्यसमितिको कार्यकाल २०७७/१०/१५ गते मा समाप्त हुनु भन्दा ४ दिन अगावै निर्वाचन प्रकृयामा जानुपर्ने प्रावधान रहेकोमा सो बमोजीमको निर्वाचन प्रकृयामा जान साधारण सभा बोलाई साधारणसभाबाट ३ सदस्यीय निर्वाचन समिति गठन गर्नुपर्ने अपरिहार्यता रही आएको सो गठीत निर्वाचन समितिले मतदाता नमावली प्रकासन लगायतको कार्यविधि आवलम्वन गर्नुपर्छ । पुर्व पधादिकारीहरुका अनुसार पछिल्लो वहालवालको कार्य अवधिमा करिव पचासौ लाख रुपैयाको हिसाव परछौट गर्न परदर्शिता प्रर्दशन नगरि कोषाध्यक्षको प्रतिवेदन पेश समेत नगरि आर्थिक हिनामीना ढाक छोप गर्न आफु अनुकुल विद्यान विपरित तथाकथित नया कार्य समिति गठन गरिएको मान्य नहुने वताए ।

संस्थाको आवश्यक कागजात झिकाई विद्यान अनुरुप गर्न गराउन जिल्ला प्रशासन कार्यालय धनुषामा संस्थाका पुर्व महासचिव सन्तोष पाण्डे,पुर्व अध्यक्ष मनिष माझी,पुर्व अधयक्ष सुभाष कुमार शर्मा,पुर्व अधयक्ष गोविन्द राय र महासचिव राजिव कुमार मिश्रले निवेदन समेत दिइसकेको छ ।

Comment


Related News

Latest News

Trending News