अपडेट 
२०७८ बैशाख ११, शनिबार १५:१५

प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत वैशाख ६ गते नै कोरोना संक्रमण पुष्टि भएका झा होम आइसोलेसनमै रहेर उपचार गराइरहँदा अवस्था जटिल भएपछि थप उपचारका लागि पाटन हस्पिटल ललितपुरमा भर्ना गरिएको छ । ‘कोरोना पोजेटिभ भएपछि घरमै उपचार गराइरहनुभएको थियो । शुक्रबारदेखि लगातार ज्वरो आएपछि उहाँलाई एम्बुलेन्स मार्फत् पाटन अस्पताल लगिएको छ,’ निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले भने, ‘शनिबार विहान ३ बजे उहाँ पाटन अस्पताल पुगेर उपचार गराउन शुरु गरिसक्नुभएको छ ।’ निमित्त निर्देशक झा गत वर्षदेखि शुरु भएको कोरोनाकालमा नियमित खट्दै आएका व्यक्ति हुन् ।

Comment


Related News

Latest News

Trending News