अपडेट 
२०७८ बैशाख १२, आईतवार ०७:२६

बिरेन्द्र बजार । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का एक ३० बर्षिय मृगौला रोगिको उपचारमा समस्या भएको छ ।

खर्च जुटाउन नसक्दा स्थानीय महेश कुमार बिश्वकर्माको उपचारमा समस्या उत्पन्न भएको हो । शरीरको दुबै मृगौला फेल भएको बिश्वकर्माको भारतको दर्भङ्गामा उपचार भईरहेको छ । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका बिश्वकर्माको सोही ठाउँमा दुबै मृगौला फेल भएपछि नेपाल फर्काई दिएको उनका दाजु उमेश बिश्वकर्माले बताए । करिव महिना अगाडि नेपाल फर्किएको भाईको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य जाँच गराउदा दुबै मृगौला फेल भएको थाहा पाएको उनले जानकारी दिए । बिपि कोईराला स्वास्थ्य बिज्ञन प्रतिष्ठानका चिकित्सकहरुले दुबै मृगौलाले काम नगर्ने अबस्थामा रहेको हुदा मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएको उनले जानकारी दिए । धरानमा ३ पटक मृगौलाको डाईलोसिस गरेपछि थप उपचारका लागि भारतको दर्भङ्गा लगिएको उनले जानकारी दिए । भएको घरजग्गा साहुकोमा बन्दकी राखी बिदेश कमाउन गएको छोरा बिरामी भएपछि उपचारमा समस्या भएको मृगौला पीडितका बुवा श्रीराम बिश्कर्माले बताए । भएको सबै श्रीसम्पती साहुकोमा बन्दकी छ, श्रीरामले भने, आफान्त र पत्याउने जति सबैकोबाट ऋृण काढेर छोराको उपचारमा लगाए ।

ार्थिक अभावले छोराको ज्यान जोगाउन कठिन भएको भन्दै पीडितका बुवाले सहयोगको लागि अग्रह गरे । आफ्नो जायजेथा सबै बेचबिखन गरे , श्रीरामले भने सहुले ऋृण पत्याउनै छाडे, अब कसरी उपचार खर्च जुटाउनु । मृगौला पिडित छोराको बिपन्न उपचार साहायाता केन्द्रबाट प्राप्त हुने १ लाख सहयोगका लागि गाउँपालिकाबाट सिफारिस लिएको उनले जानकारी दिए । एक लाखले उपचार हुन नसक्ने भएकोले थप खर्च जुटाउनु समस्य आएको बिश्वकर्माले बताए । अस्पतालमा उपचारत छोराको स्वास्थ्य अबस्था झनझन कम्जोर हुँदै गएको जानकारी दिदै पीडितका बुवाले उपचार खर्च जुटाईदिन सबैसँग अपिल समेत गरे । मृगौला पीडित बिश्वकर्माको श्रीमति र एक ७ बर्षकी छोरी छिन । साँझ बिहान हातमुख जोड्न पनि ज्याला मज्दुरी गर्नु पर्ने बाध्यता रहेको बिश्वकर्मा परिवारमा रोगले समस्या थपेपछी उनिहरुको बिचल्ली भएको छ । मृगौला पिडित बिश्वकर्मा करिव ३३ महिना मलेसियाको एक कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । उनी चैत १८ गते घर आएका थिए ।

Comment


Related News

Latest News

Trending News