अपडेट 
२०७८ बैशाख १२, आईतवार १५:१८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक स्थलमा कार्यक्रम नगर्न, नगराउन र सहभागी नहुन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेकाले सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बन्नको लागि आग्रह गरेका हुन् । त्यस्ता कुनै गतिविधि भएमा खबरदारीसहित कारवाहीको दायरामा ल्याउन पनि सबै सरोकारवाला निकायलाई अनुरोध गरेको छ । आफूले सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसफाईमा ध्यान दिन पनि आग्रह गरेको छ । त्यस्तै मन्त्रालयले सञ्चार मध्यमलाई पनि जिम्मेवार हुन अपिल गरेको छ ।

Comment


Related News

Latest News

Trending News