अपडेट 
२०७८ बैशाख १२, आईतवार १८:१५

नेपालमा कोरोना भाइरस संक्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको जनाएको छ । यो दर विश्वमै उच्च रहेको मन्त्रालयको भनाइ छ । अहिले विश्वमा कोरोना सङ्क्रमण वृद्धिदर १० प्रतिशत मात्रै रहेको छ । भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ । नेपालमा समुदायमा सङ्क्रमण व्यापक भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइयो । परीक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि हुनुले समुदायमा सङ्क्रमण फैलिएको पुष्टि गर्छ । प्रेस ब्रिफिङमा धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक डाक्टर विराजमान कर्माचार्यले तत्काल थप सावधानी नअपनाए अवस्था खराब हुने चेतावनी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News