अपडेट 
२०७८ बैशाख १३, सोमबार ०८:४४

काठमाडौं उपत्यकामा बुधवारदेखि लकडाउन गर्ने सरकारले तयारी गरेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार उपत्यकामा रहेका तीन जिल्लामा बुधवारदेखि लकडाउन गर्ने सरकारले तयारी गरेको हो । यसबारेमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । बैठकले सीसीएमसीको सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले बताउनुभयो । सक्रिय संक्रमितको संख्या ५ सय बढी भएको जिल्लामा लकडाउन गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।

Comment


Related News

Latest News

Trending News