अपडेट 
२०७८ बैशाख १३, सोमबार ०८:४८

मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार आजको बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुनेछ । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।  यस्तै पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र  (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ । कोभिड–१९ संक्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्ने ज्ञवालीले बताए ।

Comment


Related News

Latest News

Trending News