अपडेट 
२०७८ बैशाख १३, सोमबार ११:२८

भारतमा कोरोनाभाइरसको संक्रमण डरलाग्दो रफ्तारमा बढ्दै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतमा आइतबारमात्र साढे तीन लाखभन्दा बढी संक्रमित पाइएका छन् । भारतमा विगत २४ घण्टामा तीन लाख ५४ हजार ५३३ नयाँ संक्रमित फेला परेको जनाइएको छ । विश्वको कुनै पनि देशमा एकैदिन फेला परेका संक्रमितको यो नै सबैभन्दा ठुलो संख्या हो ।

भारतमा कोरोना संक्रमणका कारण विगत २४ घण्टामा दुई हजार ८०६ जनाको मृत्यु भएको छ । आइतबार दुई लाख १८ हजार ५६१ जना संक्रमणमुक्त भएको बताइएको छ । भारतमा हालसम्म संक्रमितको संख्या एक करोड ७३ लाख पुगेको छ । तीमध्ये एक करोड ४२ लाख संक्रमणमुक्त भएका छन् । भारतमा कोरोना संक्रमणको कारण एक लाख ९५ हजार मानिसको मृत्यु भइसकेको छ । यस्तै सक्रिय संक्रमितको संख्या २८ लाख नाघेको छ ।

Comment


Related News

Latest News

Trending News