अपडेट 
२०७८ बैशाख १४, मंगलवार ०६:५४

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई पाँच विकेटले हराएको छ ।

अहमदाबादमा पञ्जाबले दिएको एक सय २४ रनको सामान्य लक्ष्य कोलकाताले १६ ओभर चार बलमा मात्रै पाँच विकेट गुमाएर भेट्टायाे। कोलकाताको लागि कप्तान इयोन मोर्गनले नटआउट ४७ र राहुल त्रिपाठीले ४१ रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन मात्रै बनायो । उसका लागि मयाङ्क अग्रवालले सर्वाधिक ३१ रन बनाए । कोलकाता चार अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने समान अङ्क रहको पञ्जाब छैठौं स्थानमा छ । 

Comment


Related News

Latest News

Trending News